Guru

गुरु वन्दना

मँ को हुँ कहाँ आएर जन्मे जानेको छैन नि
कर्तव्य मेरा के के छ कत्ति बुझेको छैन नि
आमा ले जन्म दिनु भो आएँ नेपाल धर्ती मा
आमा नै मेरी प्रथम गरु आमा लाई वन्दना

बाबा को हात समाई ताते गरेर हिँडे मँ
आमा कै काख बसेर सिकेँ संसार नवीन
बाबा कै काख बसेर पुगेँ म पाठशाला मा
बाबा नै मेरा घर का गरु बाबा लाई वन्दना

क, ख, रा पढेँ ए, बी, सी पढेँ गई पाठशाला मा
गुरु ले शिक्षा दिनु भो साथ दिएर कक्षा मा
गुरु ले ज्ञान दिनु भो धेरै असंख्य भावना
गुरु नै मेरा जीवन ज्योति गुरु लाई वन्दना

पाइलै पिच्छे सिक्दै छु ज्ञान घर मा बाटा मा
दाजु र भाई संगी र साथी गीत र गान मा
म जता हेर्छु उतै छ ज्ञान गरु को महिमा
हे गुरुदेव हे गरुआमा सबै लाई वन्दना

Leave a comment